+
+
Shares

विप्लव समूहका मोरङ सेक्रेटरी नेकपा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते ९:४४

२८ पुस, काठमाडौं । भूमिगत विप्लव समूहमा मोरङ सेक्रेटरी उदय राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा सोमबार अध्यक्ष प्रचण्डबाट टीका र खादा लगाएर राई नेकपामा प्रवेश गरेको उनका आफन्तले बताए ।

एकताकेन्द्र मसालबाट माओवादीमा प्रवेश गरेका राई माओवादी विभाजित हुँदा विप्लव समूहमा लागेका थिए ।

मोरङको बेलाबारी घर भएका राई सांस्कृतिकर्मी पनि हुन् ।

राईले विप्लव समूहमा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको हुनाले पार्टी परित्याग गरेको वक्तव्यमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?