
आदित्य रोय कपुर र दिशा पटनीको मुख्य भूमिका रहेको चलचित्र ‘मलंग’ प्रदर्शनरत छ । रिलिजको पहिलो दिन अर्थात् शुक्रबार कमजोर व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने सन्तोषजनक व्यापार गर्न सफल भयो ।
शुक्रबार चलचित्रको कमाई ६ करोड ७१ लाख थियो । शनिबार भने चलचित्रले ८ करोड ८९ लाख कमायो । आइतबार झनै चलचित्रले राम्रो दर्शक पायो र ९ करोड ७६ लाखको व्यापार गर्यो । तर, सोमबार भने चलचित्रले जम्मा ४ करोड ४ लाख जम्मा गर्न सक्यो । यस हिसाबमा चलचित्रले चार दिनमा जम्मा२९ करोड ४० लाख कमाएको छ ।
‘मलंग’लाई यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो । चलचित्रको प्रचार सामाग्रीलाई दर्शकले रुचाएका थिए । त्यसैले चलचित्रले राम्रो सुरुवात गर्ने धेरैको आकलन थियो । तर, चलचित्रले सोचे जस्तो दर्शक पाएन ।
यति हुदाँ हुदैँ पनि ‘मंलग’ आदित्यको सबैभन्दा बढि इनिसियल व्यापार गर्ने चलचित्र बनेको छ । आदित्यको चलचित्रले आजसम्म पहिलो दिन ६ करोड माथिको व्यापार गर्न सकेको थिएन ।
समिक्षात्मक रुपमा पनि चलचित्र उत्कृष्ट ठहरिन सकेन । चचलित्रलाई मिश्रित प्रतिकृया पाएको छ । मोहित सुरीको निर्देशनमा बनेको यस चलचित्रमा अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया 4