Comments Add Comment

लिगमा भरत खवासले पूरा गरे ५० गोल

'सन्तोष दाइको कीर्तिमान तोड्ने प्रयास गर्छु'

२८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवासले शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने सातौं नेपाली खेलाडी बने ।

जहिल्यै उपाधिको दाबेदार बन्ने तर अन्तिम समयमा चुक्दै आएको आर्मीले यस सिजन शुरु देखि नै उपाधि जित्ने लक्ष्य राखेको थियो । आर्मी अब उपाधिबाट एक कदम मात्र टाढा छ अर्थात १ अंक जोडे लिग च्याम्पियन बन्नेछ । त्यसैको टिमको नेतृत्व उनलै भरत खवासले गरिरहेका छन् । यस सिजन लिगमा १२ खेल खेल्दा ४ गोल मात्र गरेपछि भरतले लिगमा ५० गोलको कोशेढुंगा पूरा गरे ।

अब भरत खवासले सन्तोष साहुखलको १०० गोलको कीर्तिमान तोड्न प्रयास गर्ने बताएका छन् ।

‘५० गोलमा मात्र म अड्किन्नँ । म अझ पनि अगाडि बढ्न चाहन्छु । जस्तै सन्तोष दाइको १०० गोल छ । सन्तोष दाईलाई नै पछ्याउने कोशस गर्नेछु’ भरतले भने ।

लिग अन्तर्गत मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३-० को जित हात पार्दा भरतले पहिलो गोल गरेका थिए । एन्फा कम्प्लेक्समा पाँचौ मिनेटमा गरेको गोल नै उनको लिगमा ५० औं गोल रह्यो । उनले जर्ज प्रिन्स कार्कीको क्रसमा गोल गरेका थिए । ‘शुरुमा ५० गोल पुर्‍याउँछु भन्ने लक्ष्य थिएन । तर अहिले ५० गोल पूरा गर्दा एकदमै खुशी लागेको छ’ खेलपछि भरतले भने ।

भरत ए डिभिजन लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी समेत बनेका छन् । यसअघि लिगमा बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष तामाङले ५० गोल पूरा गरेका थिए ।

सन्तोष साहुखलाले त यसै सिजन लिगमा १०० गोल पूरा गर्दै नयाँ कीर्तिमान समेत बनाइसकेका छन् । उनले यस सिजन नेपाल पुलिसविरुद्ध गोल गर्दै लिगमा सयौँ गोल पूरा गरेका थिए । च्यासलबाट लिग खेलिरहेका सन्तोष लिग १०० गोल गर्ने पहिलो र एकमात्र खेलाडी हुन् ।

उनले अब यतिमै नरोकिने र अझै अरु लक्ष्य पूरा गर्न अगाडि बढ्ने बताए । ‘यो ५० गोलमा मात्र म अड्किन्नँ । म अझ पनि अगाडि बढ्न चाहन्छु । जस्तै सन्तोष दाइको १०० गोल छ । सन्तोष दाईलाई नै पछ्याउने कोशस गर्नेछु’ भरतले भने ।

उनले लिगमा ५० गोल गर्दा चार क्लबबाट खेले । क्लब करियर शुरु गरेको संकटा,  फ्रेण्डस र नेपाल पुलिसलाई भरतले ५० गोलपछि सम्झिए र सबैलाई धन्यवाद दिए ।

२०६३ सालमा संकटा क्लबबाट ए डिभिजन लिग करियर शुरु गरेका भरतले त्यसपछि फ्रेण्ड्स, नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए ।

उनले संकटा र फ्रेण्ड्सबाट १-१ सिजन लिग खेले । त्यसपछि विभागीय टोली पुलिस गएका उनले त्यहाँ ए डिभिजन लिग र राष्ट्रिय लिग नै जिते । त्यसपछि उनले फुटबल संगै करियरलाई पनि अगाडि लैजाने हिसावमा आर्मी रोजे । आर्मी उनको चौथो क्लब हो ।

२०६३ सालमा संकटाले सरस्वती क्लबलाई ५-० ले हराउदै भरतले लिगमा पहिलो गोल गरेका थिए । आर्मीको जागिरका लागि भारतीय क्लब पुनेको ट्रायलसमेत त्यागेका भरतले राष्ट्रिय टिमका लागि पनि १० गोल गरेका छन् ।

अब उनको लक्ष्य यस सिजन आर्मीलाई लिग च्याम्पियन बनाउने छ । ब्रिगेड ब्वाइजलाई पराजित गर्दै १२ खेलबाट २९ अंक जोडेको आर्मी मछिन्द्रलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा समेत छ । अब लिगको अन्तिम खेल आर्मीले मछिन्द्रसंग खेल्नेछ । उक्त खेलमा हार मात्र टारे आर्मी च्याम्पियन बन्नेछ ।

‘यो  सिजन लिग जित्ने लक्ष्य बनाएको छौँ । लास्ट म्याच फाइनल जस्तै हो डु अर डाई । यहाँसम्म आउँदा पक्कै गाह्रो भयो तर सबै साथीहरु टिममेट, कोच, स्टाफ सबैले टिमलाई सहयोग गरिरहेका छन्

भरतले भने ‘सबैको मनमा लिग जितौँ भन्ने छ । इतिहास बनाउने मौका पनि हो र च्यालेन्ज पनि छ ।’

उनले यस सिजन जम्मा चार गोल गरे । मंगलबार भरतको खेल हेर्न उनकी श्रीमती र छोरी मैदान पुगेका हुन्थे । आज भरतले कीर्तिमानी गोल गर्दा भने उनीहरु छुटे । त्यसमा भने भरत केही खिन्न बने । त्यसैले उनले ५० औं गोल छोरीलाई समर्पण गरेका छन् ।

एन्फा तेस्रो ब्याचका खेलाडी समेत रहेका भरतले राष्ट्रिय टिमबाट सन् २००८ मा पाकिस्तान विरुद् पोखरामा डेब्यु गरेका थिए । उनले १६ वर्ष हुँदा डेब्यु खेलमै गोल गरेका थिए । राष्ट्रिय टिमबाट पनि उनको लक्ष्य हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान तोड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment