+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १४:४८

२८ माघ, काठमाडौं । गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ ।

जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले अनलाइनखबरलाई बताए । पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको भनिएको थियो ।

यद्यपि, प्रहरीले उनलाई भारतमा पक्राउ गरेको त्यसअघि नै सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?