+
+
Shares

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते ६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुनेछ ।
  • नेपालमा हरेक वर्ष १५ जेठमै वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।
  • यस वर्ष तोकिएको सीमाभन्दा ठूलो र मध्यमवर्गलाई विशेष केन्द्रित गरेर बजेट ल्याउने सरकारको तयारी छ ।

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् ।

झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि यही वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेका थिए ।

अर्थ मन्त्रालय स्रोतका अनुसार यस वर्ष तोकिएको आकारभन्दा ठूलो बजेट आउने छ । बजेट मध्यमवर्गलाई केन्द्रित गरी ल्याउने सरकारको तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?