१५ जेठ, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई वार्ताको टेबलमा ल्याउन सैन्य कारबाही र आर्थिक दबाबले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे वार्ता जारी रहेका बेला अर्थमन्त्री बेसेन्टले सैन्य कारबाही र आर्थिक दबाबले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
उनले इरानमाथि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउने र उसको फ्रिज गरिएका सम्पत्तिहरू फुकुवा गर्ने प्रक्रिया निकै ढिलो गतिमा अगाडि बढ्ने पनि बताएका छन् ।
अर्थमन्त्री बेसेन्टले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र उसका सहयोगीहरूले चालेका सैन्य कदमहरूसँगै कडा आर्थिक प्रतिबन्धहरूले दबाब सिर्जना गरेर इरान वार्ताका लागि बाध्य भएको पनि जिकिर गरे ।
उनले अमेरिका र इरानबीच सम्झौताको सम्भावना बन्दै गएको संकेत दिएका छन् । यद्यपि, अन्तिम निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको को हातमा रहने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4