+
+
Shares

मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मुत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १५:३०

२८ माघ, चितवन । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दामोदर बस्यालको मृत्यु भएको छ ।

सोमबार राति माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका बस्याल सवार प्रदेश नं.३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं. ६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस्यालको पार्थिव शरीरमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले उनकै निवास माडीमा पुगेर पार्टीको झण्डा ओढाएका थिए ।

२०४७ सालमा तत्कालिन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका बस्याल २०४८ सालमा सोही संगठनको केन्द्रीय सदस्यसमेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?