Comments Add Comment

सेन्सरले काटिदियो सारा र कार्तिकको ‘इन्टिमेट दृष्य’

बलिउड चलचित्र ‘लभ आजकल’ रिलिजको तयारीमा छ । चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रले राम्रो हाइप बनाउनुको कारण मुख्य दुई कलाकारहरु हुन् । यस चलचित्रमा पछिल्‍लो समय आफ्नो बलियो उपस्थिती बनाएका नायक कार्तिक आर्यन र सारा अलि खान फिचर छन् । उनीहरुको जोडीलाई पर्दामा हेर्न दर्शक आत्तुर छन् ।

चलचित्रमा सारा र कार्तिकको केही इन्टिमेट दृष्यहरु समावेश गरिएको थियो । तर, ती दृष्यहरुमा सेन्सर बोर्डले कैची चलाएको छ । चलचित्रमा समावेश गरिएको सारा र कार्तिकको ‘लिप किस’ र ‘बेड सिन’ भद्दा भएको भन्दै सेन्सरले कैची चलाएको हो ।

चलचित्रमा बोलिएका संवादहरुमा पनि सेन्सरले ‘म्युट’ गर्न आदेश दिएको छ । त्यहाँ बोलिएका संवादहरु दर्शकलाई पाच्‍य नहुने भन्दै केही संवादहरुमा म्युट गर्न लगाइएको हो ।

२००९ मा रिलिज भएको चलचित्र ‘लभ आजकल’को रिमेक चलचित्रको रुपमा यस चलचित्रलाई तयार पारिएको छ । पूरानो लभ आजकलमा सैफअलि खान, दीपिका पादुकोण र ऋषि कपुर मुख्य भूमिकामा प्रस्तुत भएका थिए । रिमेक चलचित्रमा भने कार्तिक र सारासँगै रवि हुड र आरुसी शर्माको पनि मुख्य भूमिका रहेको छ ।

इम्तियज अलिको निर्देशनमा बनेको चलचित्रलाई दिनेश भिजनले निर्माण गरेका छन् । चलचित्र भ्यालेनटाइन्स डेको दिन रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment