२८ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी फागुन ५ गते तीनदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीको भ्रमणलाई स्वीकृति दिएको छ ।
फागुन ५ गते ढाका गएर मन्त्री ज्ञवालीको भ्रमण टोली ७ गते स्वदेश र्फकने छ ।
पछिल्लो समय बंगलादेश र नेपालका उच्च अधिकारीहरुको भ्रमण बाक्लै हुन थालेको छ ।
बंगलादेशका राष्ट्रपति अब्दुल हमिद अघिल्लो महिना नेपाल भ्रमणमा आएका थिए ।
यसैवीच बंगलादेशका सेनाप्रमुख अजिज अहमदको टोली पाँच दिने नेपाल भ्रमण सकेर आजै मात्र स्वदेश फर्किएको छ ।
