Comments Add Comment

कार्तिक भन्छन्, ‘शाहरुखसँग मेरो तुलना नगरिदिनुस्’

बलिउड अभिनेता कार्तिक आर्यन आफ्‍नो रिलिजको तयारीमा रहेको चलचित्र ‘लभ आजकल’को प्रचारमा व्यस्त छन् । यस चलचित्रमा कार्तिकले सारा अलि खानसँग जोडी बाँधेका छन् । लभ स्टोरी जनराको यस चलचित्रमा कार्तिक र सारा रोमान्‍टिक जोडीको रुपमा प्रस्तुत भएका छन्‍ ।

लभ स्टोरी चलचित्रको लागि कार्तिक निकै राम्रो कलाकार भएको चलचित्रका निर्देशक इम्तियाज अलिले बोलेका छन् । इम्तियाजले कार्तिकको तुलना रोमान्टिक अभिनेता शाहरुख खानसँग गरिदिएका छन् । शाहरुखसँग काम गरिसकेका इम्तियाजले भनेका छन्, ‘कार्तिक र शाहरुखको मेहनत र काम प्रतिको लगाव र सहयोगी भावना उस्तै छ । रोमान्समा पनि शाहरुखलाई कार्तिकले भेट्नेछ ।’

कार्तिक भने आफूलाई शाहरुखसँग तुलना नै गर्न नमिल्ने बताउँछन् । उनले भने, ‘इम्तियाज सरले भन्नुभएको कुराले मलाई उर्जा दिएको छ । तर मलाई लाग्दैन कि, मेरो तुलना शाहरुख सरसँग हुन्छ । उहाँ ठुलो सुपरस्टार हो ।’

शाहरुख रोमान्सको बादशाह भएको भन्दै आफूले कहिल्यै शाहरुखको स्तरमा रोमान्स गर्न नसक्ने कार्तिकले बताए । उनले थपे, ‘मैले लभ आजकलमा उहाँले गर्ने रोमान्सको १० प्रतिशत पनि गर्न सकेको छैन् होला । उहाँलाई रोमान्स भेटाउन सायदै कसैले सक्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment