२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विन्दा पाण्डेले यति होल्डिङ्सबारे श्वेतपत्र जारी गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पाण्डेले भनिन्, ‘दैनिक जसो समाचार बनिरहेको यति होल्डिङ्सको बारेमा श्वेतपत्र जारी गरी वास्तविकता केहो भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन नेपाल सरकारसँग माग गर्दछु ।’
वाइडबडी, तारागाउँ, आयल निगम जग्गा अनियमिततालगायतका प्रकरणलाई प्राथमिकताका साथ अनुसन्धान गरेर यथासक्य तथ्य बाहिर ल्याउन पनि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् सांसद पाण्डेले बैठकमा माग गरिन् ।
नेकपा नेतृ पाण्डेले ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चार जगतलाई धन्यवाद ज्ञापन गरिन् ।
बैठकमा उनले भनिन्, ‘ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्दोष कोही नपर्ने र दोषी कोही नछुट्ने गरी न्याय सम्पादनमा अदालतलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4