Comments Add Comment

‘धुलो’मा रिक्सा चालकको कथा

प्रद्युम्न मिश्रको निर्देशनमा तयार भएको चलचित्र ‘धुलो’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन १६ लाई रिलिज मिति पक्का गर्दै चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो ।

समाजिक बिषयबस्तुमा निर्माण भएको चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई मुख्य बिषयबस्तु बनाइएको छ । चलचित्रमा बुद्धि तामाङ, सृजना सुब्बा, अग्रज केसी, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको अभिनय रहेको छ । नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा देखिनेछन् ।

चलचित्रको विषयबस्तुले जो-कोहीको पनि मन छुने निर्देशक मिश्रले बताए । उनले भने, ‘मैले वास्तविक कथाबस्तुमा रहेर चलचित्र निर्माण गरेको छु । त्यसैले पनि सबैले चलचित्रलाई माया गर्ने विश्वास छ ।’ चलचित्रमा बुद्धि तामाङ रिक्सा चालकको भूमिकामा प्रस्तुत भएका छन् ।

सिके वाग्लेको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेको छ । चलचित्रमा दीपा धरे सह-निर्माताको रुपमा रहेकी छिन् ।

सुवास सिंह बस्नेतले लेखेको चलचित्रलाई रविन आचार्यले खिचेका छन् । चलचित्र सम्पादनको जिम्मा भने अर्जुन जिसीले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment