Comments Add Comment

डोनाल्ड ट्रम्पकी छोरी इवांकाको कस्तो छ जीवनशैली ?

इवांका ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी एवं अमेरिकाकी एक चर्चित मोडल हुन् । एकातिर बाबुलाई सहयोग गर्नको लागि हृवाइट हाउसको काम त अर्काे तिर आफ्नो पेशागत जिम्मेवारी । साथमा घरमा गृहिणीको रुपमा समेत उनको जिम्मेवारी रहन्छ । इवांका ट्रम्प अमेरिकाकी एक व्यस्त सेलिब्रटीको सूचीमा पर्छिन् ।

पछिल्लो समय आर्थिक विकासको विषयमा पोटसकी सल्लाहकारको रुपमा हृवाइट हाउसमा काम गरिरहेकी उनी एक व्यवसायी, रनवे मोडल पनि हुन् । यसका अलावा उनी निजी जीवनमा सामान्य महिलाले जसरी कुशल गृहिणीको जिम्मेवारी समेत बहन गर्ने गरेकी छिन् ।

जब उनी घरमा काममा लाग्छिन् त्यतिबेला उनी आफ्नो सेलिब्रटीपनलाई घरबाहिर नै राखेर एउटी सामान्य गृहिणीको रुप धारण गर्छिन् । साथमा साना साना काम गर्नमा रुचि राख्ने उनी आफ्नो फिटनेसको बारेमा समेत राम्रो ख्याल राख्ने गर्छिन् ।

फिट रहन के के गर्छिन् ट्रम्प ?

इवांका ट्रम्प बिहान पेट भरिनेगरी स्वास्थ्यबर्द्धक खाजाहरु लिने गर्छिन् । बिहानको खाजामा पनिर या ग्रीक दही जस्ता पूरा चिल्लो पदार्थवाला खाना खान मन पराउँछिन् । यसका साथ इवांका एक कचौरा ब्लुबेरीको सागमा रसवरी र अन्नबाट बनेको केही खानाहरु लिने गर्छिन् ।

त्यसपछि उनी एक गिलास निम्बुपानी पिउने गर्छिन् । उनी पत्रकारहरुसँगको कुराकानीको क्रममा यस्ता खानाको बारेमा बताउने गर्छिन् । उनका अनुसार कहिलेकाहीँ आफ्नो बच्चाहरुले मन नपराएको बेलामा खानामा सामान्य बदलाव ल्याउने गर्छिन् । उनी कहिलेकाहीँ दहीको साथमा अरु खाजा पनि बनाउने गर्छिन् । यदि उनी त्यो खाजा पाइएन भने उनी बच्चाको लागि चिया, बेरिज, फ्लेक्ससीड, गोजी बेरी, दालचिनी र ओखरलाई खाजाको रुपमा खाने गर्छिन् ।

दिउँसोको खानामा माछा र सागपात

इवांका ट्रम्प भोजनका साथमा आफ्नो परिवारको भोजनको बारेमा समेत ध्यान दिन्छिन् । उनी हप्ताको एक दिन परिवारको साथमा बाहिर खाना खानको लागि जाने गर्छिन् । अरुबेला उनी आफ्नो कार्यालयमा भेटिन्टिन् । उनी कार्यालयमा खाना खानुपर्दा दिउँसोको खानामा माछा र केही सागपातहरु खान रुचाउँछिन् । उनी दिउँसोको भोजनामा स्ट्राबेरी, आइसकि्रम खाना समेत मन पराउँछिन् । उनीको परिवारमा पनिर क्वाडिला सबैभन्दा मनपर्ने खाना हो ।

पानी नपिई ४० मिनेटपनि बाँच्न मुस्किल

उनी कहिलै पनि आफ्नो टेबुलमा कुनैकिसिमको पेय पदार्थ बिना बाँच्न सक्दिनन् । यसैगरी इंवाका बताउँछिन् कि दिउँसोको समयमा तरल पदार्थको सेवन शरीरको लागि हरेक कोणबाट फाइदाजनक मानिन्छ । उनले एक अन्तर्वार्ताको क्रममा बताएकी छिन् कि उनी एकदमै धेरै पानीको सेवन गर्छिन् । उनी त्यसमा थप गर्दै भन्छिन् कि यो कार्यालयमा चलिरहेको एक मजाक मात्रै हो । मेरो टेबुलमा कहिलै पनि ३ गिलासभन्दा कम पानी हुँदैन । त्यसैकारणले पनि उनको छाला यति स्वस्थ देखिन्छ ।

बच्चालाई रचनात्मक खाना मनपर्छ

इवांका गर्भवती भएको समयमा र यसपछि पनि फिछ हुनको लागि स्वास्थ खानाले कसरी ध्यान दियो ? इवांकाले पत्रकारहरुसँगको साक्षात्कारमा भनेकी छिन् कि उनी धेरै तेलयुक्त खानाहरु खाने गर्छिन् । उनी एकदमै धेरै जुस लिन्छिन् । केही न केही हरेक घण्टा तरल पदार्थहरुमा लिने गर्छिन् ।

इवांका ट्रम्प रेस्टुरेन्टमा धेरै समय बिताउने गर्छिन् । उनले साक्षात्कारको क्रममा भनेकी छिन् कि हामी कहिले परिवारको साथमा डिनर गर्छाैं भने कहिले साथीसँगको डिनरमा रमाउँछौं । यस क्रममा उनी प्राकृतिक खानेकुराहरु धेरै मनपराउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment