+
+
Shares

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ माघ २९ गते १९:०६

२९ माघ, बुटवल । सल्यानको चोरखालामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा सेनाको लु १ ग १२३ नम्वरको गाडी दुर्घटनाग्रस्त भएका हो । मृत्यु हुनेमा नेपाली सेनाका जवान २९ वर्षीय यादवराज ढरेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाे गाढी गाडी सबुज गणको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?