+
+
Shares

सानिमा बैंकले हरेक नारी बचत खाता वापत १ रुपैयाँ विपन्न नारीका लागि उपयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १९:००

२९ माघ, काठमाडौं । सानिमा बैंकले सानिमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । “बचत आफ्ना लागि सहयोग नारीका लागि” भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खातावापत बैंकले आफ्नो तर्फबाट मासिक १ रुपैयाँ विपन्नवर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ ।

महिलाले आफ्ना लागि नारी बचत खाता खोल्दा अप्रत्यक्ष रुपमा विपन्न वर्गका नारीको हित हुने बैंकले जनाएको छ ।

यससँगै प्रविधियुक्त बैंकिङ्ग तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नका लागि बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिलभुक्तानी गर्दा हरेक शनिबार १५% क्यासब्याक वा अधिकतम् पाँच सयसम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा २ हजारसम्म बचत गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?