+
+
Shares

सिराहामा तीन दिनभित्र चार बालविवाह रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १९:३०

२९ माघ, जनकपुरधाम । सिरहामा २० वर्ष भन्दा कम उमेरमा हुन लागेका चारजनाको विवाह रोकिएको छ ।

बुधबार मिर्चैया नगरपालिका १ का १८ बर्षका युवकको विवाह प्रहरीको सक्रियतामा रोकिएको छ । योसँगै पछिल्लो तीन दिन यता प्रहरीले हुन लागेको चार वटा बालविवाह रोकेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले २० वर्ष नपुगेको भन्दै १८ वर्षीय युवकको विवाह रोक्न आग्रह गरेको थियो । प्रहरीको आग्रहमा परिवारले सहमति जनाएको थियो ।

यसअघि माघ २७ गते एकै दिन प्रहरीले तीनवटा बालविवाह रोकेको थियो । स्थानीय भद्र भलादमी, बुद्धिजीवि तथा जनप्रतिनिधिको रोवहरमा प्रहरीले तीन जना बालिकाको विवाह रोकिएको थियो ।

कर्जन्हा नगरपालिका ६, मिर्चैया नगरपालिका १ र कल्याणपुर नगरपालिका १ कि ३ किशोरीको विवाह रोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?