Comments Add Comment

जहाँ गरिन्छ यौन खेलौनाको अन्तिम संस्कार

मान्छेको मृत्युमा धार्मिक मान्यता अनुसार फरक–फरक किसिमले अन्तिम संस्कार गर्ने प्रचलन हुन्छ । तर यो दुनियाँमा मान्छेको मात्र होइन, मानिसको यौन चाहना मेटाइदिने सेक्स डलको समेत अन्तिम संस्कार हुन थालेको छ ।

हो, जापानको एउटा कम्पनीले यौन खेलौनाको अन्तिम संस्कार गर्दैछ ।

उक्त कम्पनीले प्रयोगविहीन तथा अनावश्यक सेक्स डलहरूको अन्तिम संस्कार गर्न लागेको हो ।

सेक्स डलको अन्तिम संस्कारका लागि उक्त कम्पनीले करिब ९० हजार रुपैयाँबराबरको शुल्क लिन्छ । आफूसँग रहेका प्रयोगविहीन तथा अनावश्यक सेक्स डलहरूलाई उक्त कम्पनीमा लगेर नियमानुसारको शुल्क तिरेर अन्त्येष्टि गराउन सकिनेछ ।

सेक्स डलको अन्त्येष्टिका क्रममा ती खेलौनाहरूलाई एउटा मेसिनमा हालेर नष्ट गरिन्छ । यसरी मेसिनमा हालेर यौन खेलौनाको अन्त्येष्टि गर्नुअगाडि एकजना पोर्नस्टारले विधिपूर्वक ती यौनखेलौनाको चीरशान्तिका लागि प्रार्थना गर्नेछन् ।

जापानमा सेक्स डलको समेत विधि विधानपूर्वक अन्त्येष्टि गर्नुको खास कारण रहेछ । जापानी समाजमा हरेक खेलौनाहरूमा मानिसमा जस्तै आत्मा हुन्छ भन्ने मान्यता छ । जापानीहरू खेलौना फाल्नुलाई गलत ठान्दछन् ।

आखिर अरू मामुली खेलौनामा समेत आत्मा भएको ठान्ने जापानीहरूका लागि मान्छेको यौन चाहना पूर्ति गरिदिने यौन खेलौनामा आत्मा नहुने कुरै भएन । त्यसैले समाजको यो मान्यतालाई क्यास गर्दै ह्युमन लभ डल नामक कम्पनीले सेक्सडलको अन्त्येष्टि गर्ने कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा विभिन्न यौन खेलौनाहरूको अन्त्येष्टि गर्ने क्रममा खेलौनाहरूलाई चारैतर्फ फूलले ढाकिएका तस्वीरहरू राखेको छ ।

उसो त जापान सेक्स डलको बिक्रीको मामिलामा निकै अगाडि छ । बर्सेनि त्यहाँ २ हजार सेक्स डल बिक्री हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment