+
+
Shares

प्रदेश सरकार उद्योगलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १९:२७

१ फागुन, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्योगलाई प्राथमिकता दिने बताएका छन् ।

डोटी चेम्बर अफ कमर्शले दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनलेस्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि उद्योग आवश्यक भएको वताए ।

‘वेरोजगारी समस्या समाधान गर्नका लागि औद्योगिक क्षेत्रको विकास हुनु जरुरी छ’ उनले भने ‘प्रदेश सरकारले साना ठूला उद्योगहरु स्थापना गरी आवश्यक उपभोग्य वस्तुहरुको उत्पादनमा जोड दिनेछ ।’

मुख्यमन्त्री भट्टले स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा साना जलविद्युत आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको भट्टले बताए ।

उनले भने ‘प्रदेशभित्रका सम्भावित ठूलो जलविद्युत योजनाहरुको निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने र साना योजनाहरु स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा निर्माण गर्छौं ।’

सांसद प्रेमबहादुर आलेमगरले खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्र्याक छिट्टै निर्माण गर्नका लागि आफूले संघीय सरकारलाई दवाव दिइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?