Comments Add Comment

इटहरीमा कान्तिपुर फिल्म एकेडेमीको शाखा

कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन गरिएको छ । चलचित्रका विभिन्न विधामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि कान्तिपुर फिल्म एकेडेमीको शाखा इटहरीमा खुल्दा फाइदा मिल्ने पक्का छ । कलाकार हरिवंश आचार्यले शाखाको उद्घाटन गरे ।

कार्यक्रममा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको साथमा हल संचालक, साहित्यकार, पत्रकारको उपस्थिती थियो । चलचित्र सम्बन्धी अध्ययन गर्न चाहनेहरुका लागि कान्तिपुर फिल्म एकेडेमीले इटहरीमा शाखा खोलेको सीइओ प्रकाश पुरीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी हरिवंश आचार्यले मोफसलमा रहेर चलचित्र सम्बन्धी अध्ययन गर्न चाहनेहरुका लागि कान्तिपुर फिल्म एकेडेमीको शाखा फलदायी हुने विश्वास व्यक्त गरे ।

पहिलो चरणमा कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखामा फिल्म मेकिङ, भिडियो सम्पादन, फोटोग्राफीको १ महिने कक्षा फागुण ४ गतेबाट सुरु हुँदैछ । कान्तिपुर फिल्म एकेडेमीको मुख्य कार्यलय काठमाण्डौमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment