Comments Add Comment

गोपाल गोतामे पत्रकारिता पुरस्कार आचार्यलाई

२ फागुन, वीरगञ्ज । गोपाल गोतामे पत्रकारिता पुरस्कार झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ ।

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक शुक्रबार एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले आचार्यलाई प्रदान गरेका हुन् । पुरस्कार बापतको एक तोल सुन मुख्यमन्त्री राउतले आचार्यलाई प्रदान गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोर झाले स्व. गौतमको जीवनीको बारेमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment