+
+
Shares

प्रदेश ५ मा गौरवको आयोजनामा समेटिन ५० करोड बजेट आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १६:०५

२ फागुन बुटवल । प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड-२०७६ स्वीकृत गरेको छ । जसअनुसार प्रदेश गौरवका आयोजना हुन ५० करोडभन्दा बढी बजेट हुनुपर्ने छ भने लाभान्वित जनसंख्या पनि तोकिएको छ ।

‘गौरवका योजना तराईका जिल्लामा भए ५० हजार, पहाडमा भए २५ हजार र दुर्गममा सीमान्तकृत क्षेत्रमा सञ्चालित छ भने १० हजार जनसंख्या लाभान्वित हुनुपर्नेछ,’ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने ।

लुम्बिनी प्रादेशिक अस्पताललाई पनि प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा बढाउँदैछ ।

आयोजनाको रुपमा पहिचान गर्न सम्बन्धित मन्त्रालयबाट प्राप्त भएका योजना वा कार्यक्रम उपर अध्ययन गरी स्वीकृतिका लागि एक महिनाभित्र सिफारिस गर्न प्रदेश योजना आयोगका उपाध्यक्ष संयोजक आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य, आयोजना प्रस्ताव गर्ने विषयगत मन्त्रालय सचिव सदस्य र प्रदेश योजना आयोगका सदस्य सदस्य सचिव रहनेछन् ।

योजना कार्यान्वनका लागि प्रदेश सरकारका प्रमुख सचिव संयोजक, योजना आयोगका उपाध्यक्ष, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आयोजना प्रस्ताव गर्ने मन्त्रालयका सचिव सदस्य रहनेछन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य सचिव रहनेछन् ।

यस्तै बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ जना कर्मचारीको अस्थायी दरबन्दी संरचना स्वीकृत गरेको छ ।

प्रशासकीय अधिकृत ८ औं तह १ जना, इन्जिनियर १ जना आठौ तह । त्यस्तैगरी आर्किटेक्चर १ जना अधिकृत १ चालक, कार्यालय सहयोगी गरी ८ जनाको दरबन्दी स्वीकृत गरेको हो ।

त्यस्तै प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको छ । प्रदेश भवन नियमावली स्वीकृत भएको । प्रदेश भवन नीति स्वीकृत भए पनि नियमावली नबन्दा भवन निर्माण सम्बन्धी काम अगाडि बढन सकेको थिएन । त्यस्तै होमस्टे सम्बन्धी नियमावली पनि स्वीकृत भएको छ ।

सरकारले फागुन ३ गतेलाई स्थापनाको दिवसका रुपमा विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?