Comments Add Comment

हेटौंडाका दुई कृषकलाई एक/एक लाखको पुरस्कार

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दुईजना कृषकलाई नगद एक/एक लाख रुपैयाँसहित सम्मान गरेको छ ।

हेटौंडामा सम्पन्न कृषि मेला प्रदर्शनीको समापन समारोहमा उपमहानगरपालिकाले लामो समयदेखि व्यवासयिक कृषि कार्यमा संलग्न रहेका हेटौंडा-१२ का रामप्रसाद पौडेल र ७ का रामबहादुर बस्नेतलाई सम्मान गरेको हो ।

भेटेनरी अध्ययन गरेका ४८ वर्षीय बस्नेत व्यवसायिक रुपमा गाई पालन गरिरहेका छन् । २०६० सालदेखि नै तरकारी खेती गर्दै आएका हेटौंडा-१२ का पौडेल भूमिहीन किसान हुन् ।

उपमहानगरले खाद्यान्न, तरकारी , फलफूल, नगदे बाली र मसला, आलु र गोलभेडा तथा च्याउ, मौरी र माछा उत्पादनमा संलग्न रहेको अन्य २४ किसानलाई पनि नगदसहित सम्मान गरेको छ ।

प्रत्येक विधामा प्रथम हुनेलाई नगद पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तेस्रो हुनेलाई एक हजार र सान्त्वना हुनेलाई पाँचसय रुपैयाँसहित सम्मान गरिएको महानगरपालिकाले जानाएको छ ।

उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सम्मानत्र पत्र तथा नगद प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment