Comments Add Comment

साहित्यकार चुमरेलाई श्रष्टा सम्मान

३ फागुन, काठमाडौं । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (ईञ्जा)ले वरिष्ठ साहित्यकार प्रा. चुडामणी रेग्मी (चुमरे)लाई यसवर्षको ईञ्जा श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ८३ वर्षीय चुमरेलाई एक हजार अमेरिकी डलर राशीको उक्त सम्मान प्रदान गर्न लागेको ईञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहालले जानकारी दिए ।

यस्तै, ईञ्जले. सामुदायिक पत्रकारिता पुरस्कार अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ । ढुंगानाले छाउपडी र सिंहले कुपोषणको बारेमा समाचार लेखेका थिए । यो पुरस्कारको राशी एक हजार डलर छ ।

सम्मान र पुरस्कार १ मार्चमा काठमाडौंमा वितरण गरिने उपाध्यक्ष दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment