Comments Add Comment

के श्रृङ्खला र सिसनले प्रेम स्विकार गरेका हुन् ?

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो । विशेषगरि, श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । यसपछि, श्रृङ्खला र सिसनको प्रेम चर्चा सुरु भएको थियो ।

तर, सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । सामाजिक संजाल र मिडियामा लामो समयदेखि यी दुइको प्रेमको खबर सार्वजनिक भएपनि यी दुई मौन नै थिए ।

तर, प्रेम दिवसको अवसर पारेर श्रृङ्खलाले सिसनसँगको प्रेम स्विकार गरेकी छिन् । श्रृङ्खलाले लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा भनिएको छ–‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।’

श्रृङ्खलाको यो भिडियोको पछाडि सिसन मुस्कुराएका छन् । श्रृङ्खलाले घुमाउरो शैलीमा सिसनसँगको प्रेम स्विकार गरेको वुझ्न सकिन्छ । सायद, यो जोडीले प्रेम स्विकार गर्नका लागि प्रेम दिवसलाई नै कुरेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment