Comments Add Comment

‘सेल्फी किंग’ असफल हुनुको ५ कारण ?

अघिल्लो साताको शुक्रबारबाट चलचित्र ‘सेल्फी किंग’ रिलिज भएको छ । हास्य कलाकारको कथा भन्ने यस चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराललाई पनि चलचित्रमा देख्न सकिन्छ ।

प्रिमियर शोमा चलचित्रलाई धेरैले रुचाएका थिए । कलाकारहरुले त चलचित्रलाई आफ्नै कथा भनेको भन्दै तारिफ गरेका थिए । धेरैले फरक विषयबस्तुमा लगानी गर्ने आट गरेकोमा निर्माताद्वय दिनेश राउत र सुभाष थापालाई धन्यवाद भनेका थिए ।

मल्टिप्लेक्स हलहरुले पनि यस चलचित्रलाई राम्रै शो उपलब्ध गराएका थिए । त्यहाँबाट पनि बुझिन्छ कि, यस चलचित्रलाई अपेक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

तर, चलचित्र रिलिज भएपछि भने दर्शकको साथ मिलेन । शुक्रबार दर्शकको उपस्थिति निराशाजनक नै थियो । शनिबार भने चलचित्रले केही राम्रो व्यापार गरेपनि अपेक्षित व्यापार नभएको निर्माता दिनेश राउतले बताइरेहका थिए ।

निर्माण पक्षले सुरुवाती दिन देखि नै भन्दै आएको कुरा थियो, ‘हामीले रिक्स लिएका छौँ । यसमा हामी सफल हुन पनि सक्छौँ, नहुन पनि सक्छौँ,’ निर्देशक विशाल सापकोटा भने । यतिसम्म असफल होला भनेर नसोचेको उनी बताउँछन् ।

आखिर किन असफल भयो त ‘सेल्फी किंग’ ?

१. निर्देशकिय अपरिपक्कता

यस चलचित्रलाई डेब्यु निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन् । अमेरिकामा पढेर आएका विशालको निर्देशकिय क्षमता भने अपरिपक्क देखियो ।

चलचित्रको बिषयबस्तुलाई कसरी रोचम ढंगबाट प्रस्तुत गर्ने भन्ने कला निर्देशकमा हुनुपर्छ । तर, निर्देशकले चलचित्रको प्रस्तुतीलाई आकर्षक बनाउन सकेनन । कुनै कुनै दृष्यहरु निकै लामो लाग्छन्‍ । दुःख देखाउन गरिएको हर्कतहरु पनि खासै उत्कृष्‍ट लाग्दैनन् ।

पढेर आएको भने पनि व्यावहारिक रुपमा भने निर्देशक सापकोटालाई अभ्यास कै अवस्थामा रहेको भन्न सकिन्छ ।

. दर्शकलाई छुन नसक्ने कथा

निर्माण पक्षले चलचित्रको प्रचारको समयमा चलचित्र हास्यकलाकारको जीवनसँग सम्बन्धित रहेको बोलिरहे । जुन कुराले दर्शकलाई तानेन ।

यदि चलचित्र हास्यकलाकारको नभनेर अन्य कुनै पेशाको व्यक्तिको भनिएको भए वा सामान्य व्यक्तिको कथालाई चलचित्रमा बुनिएको थियो भने दर्शकले यस बिषयबस्तुमा आफूलाई आकर्षित गर्न सक्थे होला । हास्यकलाकारको बिषयले दर्शकको मन छोएन र हलसम्म जाने आट गरेनन ।

. विपिनमा मात्र सिमित

यस चलचित्रको मुख्य पात्र विपिन कार्की हुन् । चलचित्रको स्कृप्ट पूर्ण रुपमा विपिनमा मात्रै केन्द्रित भएको छ । चलचित्रमा भएका अन्य पात्रलाई स्कृप्‍टमा खासै मतलब गरिएको छैन । स्कृप्टमा विपिनको अनुहार मात्रै देखाइरहदा अन्य कलाकारहरु भने छायाँमा परेका छन् ।

पर्दामा निरन्तर विपिनालाई मात्र देखिदाँ दर्शक बोरिङ पनि भएका हुन सक्छन । त्यो कुरालाई निर्देशकले बुझेनन् ।

अर्को कुरा, चलचित्रमा चिनिएका अनुहार भनेको विपिन मात्रै हुन् । अन्य कलाकारलाई हेरेर दर्शक हलसम्म जाने पक्षमा थिएनन । विपिन कार्की अभिनित चलचित्रहरु खासै सफल भइरहेका छैनन् । यस चलचित्रले पनि दर्शक पाएन ।

३. जोकरको कपी भएको आरोप

जब चलचित्र सेल्फी किंगको पोस्टर सार्वजनिक भयो, त्यहीँ समयदेखि चर्चा सुरु भयो– ‘यो चलचित्र त जोकरको कपी रहेछ ।’

हास्यकलाकारको कथामा बनेको चलचित्र हुनु र पोस्टरमा क्यारेक्टरको लुक्स मिल्नाले धेरैले सेल्फी किंगलाई जोकरको कपी भएको आरोप लगाए । त्यसैको असरले पनि दर्शकले हलसम्म जाने आट गरेनन । यस आरोपले चलचित्रलाई नराम्रोसँग पछाडि धकेलिदियो ।

५. सुनसान हल

दशैंपछि कुनै पनि नेपाली चलचित्रले राम्रो दर्शक पाएका छैनन् । त्यसयता रिलिज भएका चलचित्रहरु लगतार फ्लप भइरहेका छन् । विदेशी चलचित्रहरुले पनि हलमा दर्शक तान्न सकेका छैनन् । सोही समय रिलिज भयो, सेल्फी किंग ।

हल सुनसान भएको समय चलचित्र रिलिज हुदाँ सेल्फी किंगलाई घाटा लागेको छ । सेलाएको चलचित्र बजारमा सेल्फी किंगले पनि दर्शकलाई फिर्ता ल्याउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment