+
+
Shares

केजरीवालले लिए सपथ, तेस्रो पटक बने दिल्लीको मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १३:१६

४ फागुन, काठमाडौं । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् । तर मन्त्रिपरिषदमा महिला सहभागिता छैन । र, यसलाई लिएर केजरीवालमाथि प्रश्न उठाइएको छ ।

आम आदमी पार्टीका सपथ ग्रहण समारोहका लागि प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन् । दिल्लीका सात सांसद, सबै निगम पार्सद, भारतीय जनता पार्टी र कांग्रेसका प्रदेश अध्यक्षलाई पनि सपथ ग्रहण समारोहमा बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?