Comments Add Comment

कोरोना भाइरसको असर : चीनमा १४ हजार शव जलाइएको हो ?

स्याटेलाइटबाट प्राप्त तस्बिरले बुहान प्रान्त माथि सल्फर डाईअक्साईडको मात्रा उच्च देखाएपछि चीनमा उच्च मात्रामा कोरोना भाइरस प्रभावित शवहरुलाई जलाएको आशंका गरिएको छ । विशेषगरी शव जलाउँदा निस्कने सल्फर डाइअक्साइडको मात्रा निकै धेरै भएको कारणले पनि यस्तो आशंका गरिएको हो । अहिले बुहान प्रान्तमा सल्फर डाइअक्साइडको मात्रा १७०० यूजी÷क्युबिक पुगेको छ । सामान्यतया वायुमण्डलमा ८० यूजी–क्युबिकभन्दा धेरै यो ग्यास वायुमण्डलमा देखियो भने त्यसलाई खतराको तह मानिन्छ । अहिले त्यहाँको बुहानको अवस्था सामान्यभन्दा २१ गुणा बढी हो ।

सोही भाइरसबाट आतंकित बनेको विश्व चीनमा यसबाट कति मानिसले ज्यान गुमाए ? भन्नेबारे जान्नको लागि जिज्ञासु देखिएपनि चीनले यो कुरा औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यहीबीचमा चीनले लगभग १४ हजार शवहरु जलाएको खबरले विश्वमा झनै त्रास बढाएको हो ।

चीनमा कोरोना प्रभावितहरुको मृत्युको आपतकालीन अवस्थाको समाचार यत्रतत्र फैलिएको पाइन्छ । तर,अहिलेसम्म शव गाड्ने परम्परा रहेको चीनले शव जलाउँदा नै समय जोगिने भएकोले यति ठूलो संख्यामा शव जलाएको अपुष्ट समाचार बाहिर आएको छ ।

चीनले  कोरोना भाइरसबाट मृत्यु हुनेको वास्तविक संख्या लुकाइरहेको आरोप पनि लाग्ने गरेको छ । चीनमा अहिलेसम्म १४ हजार शवलाई जलाइरहेको खबरसँगै विश्वको ध्यान यही समाचारले तान्ने गरेको छ । तर, शव जलाएको नै विषयमा यकीन जानकारी नभएको भएपनि चीनको एकाध शहरहरुबाट ठूलो मात्रामा सल्फरडाइ अक्साईड वायुमण्डलमा फैलिएकोले शव जलाएको हुनसक्ने आशंका गरिएको हो । शव जलाउँदा धेरै मात्रामा सल्फरडाईअक्साईड ग्यास निस्कने गर्छ ।

चीनको यहीबारेमा एउटा तस्बिर बाहिर चर्चामा आएको छ । त्यो तस्बिरमा चीनको वुहान शहर नजिकै  एउटा ठूलो आगोको गोला देखिएको छ । पहेँलो रंगको आगोको गोलालाई देखेर नै धेरै मानिसहरुले कोरोना भाइरस लागेकाहरुलाई जलाएको आशंका गरिएको हो ।

अन्तराष्टि्रय सञ्चारमाध्यमहरुका अनुसार आगोको गोलाबाट चीनको आकाशमा ठूलो मात्रा सल्फर डाईअक्साइड निस्किरहेकोले त्यो आगो मानिसको शवबाट निस्किएको हुनसक्ने आशंकालाई थप जोड दिएको हो ।

वुहानबाट नै फैलिएको कोरोना भाइरसले यतिबेला विश्वभरी नै संकट सिर्जना गराएको छ । अहिले चीनका अन्य शहरहरु बेइजिङ र सांघाईमा पनि कोरोना भाइरसका बिरामीहरु बढिरहेको अन्तराष्टि्रय सञ्चार संस्थाहरुले जनाएका छन् ।

उनीहरुलाई शव जलाउनका लागि विशेष प्रकारको पहिरन लगाउनका लागि भनिएको छ । हरेक दिन वुहानबाट १०० जनाको शव विभिन्न भिन्दा-भिन्दै घाटहरुमा पुर्‍याइरहेको कुरा मीडिया रिपोर्टमा दावी गरीएको छ । केही मीडिया रिपोर्टहरुका अनुसार वुहानमा अघिल्ला केही दिनहरुमा करिब ५ लाख व्यक्तिहरु कोरोना भाइरसको थप जोखिममा पर्नसक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment