Comments Add Comment

‘वोर्न टू डान्स’ निर्माण हुने

एवी इन्टरनेशनलले चलचित्र ‘बोर्न टू डान्स’ निर्माण गर्ने भएको छ । नृत्यमा आधारित रहेर निर्माण हुन लागेको यो चलचित्रलाई अमन तामाङले निर्देशन गर्दैछन् ।

चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । निर्माताका अनुसार, यो चलचित्रमा विगत ५ बर्षदेखि काम भैरहेको छ । चलचित्रका लागि कलाकारको टुंगो निर्माणपक्षले लगाएको छैन । चलचित्रमा डान्समा पोख्त कलाकारको आवश्यकता पर्ने भएकाले पनि सोही अनुसार छनोट गरिने निर्माणपक्षको भनाई छ ।

यो चलचित्रको छायांकन नेपाल, अमेरिका र क्यानडामा हुनेछ । बलिउडमा पनि डान्समा केन्द्रित रहेर केही चलचित्रहरु बनिरहेका छन् । तर, निर्देशक अमनका अनुसार ती चलचित्र भन्दा यो चलचित्र फरक हुनेछ ।

नेपालमा डान्सलाई नै केन्द्रमा राखेर कमै मात्र चलचित्र बनेका छन् । यसैले, यो चलचित्र निर्माण गर्न चुनौती छ । तर, यसको निर्माणपक्षले भने कुनै पनि कसर बाँकी नराखी स्तरिय चलचित्र बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment