+
+
Shares

प्रधानमन्त्रीको प्रश्न– सरकारले विकास गर्दा किन पिर परेको ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते ११:०१

५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने आफूले बाँसुरी बजाएको मात्र आउने गरेको गुनासो गरेका छन् । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा किन पिर परेको भनेर उनले प्रश्न पनि गरे ?

काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने काम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यति धेरै काम गरिरहेका छौं, तर समाचार खालि बाँसुरी बजाएको मात्र आउँछ । देश विकास भएको किन देखीसहँदैनन् ?’

उनले भने, ‘कसैकसैको बौद्धिकता देख्दा गजब लाग्छ । विकास मजाक होइन, यो साझा नारा र कर्तव्य हो ।’

हाल दार्चुलामा मात्र दुई वटा तुइन बाँकी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले त्यही तुइनको फोटो देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।


‘अचम्म लाग्छ, दार्चुलामा दुई वटा तुइन बाँकी छ, त्यही फोटो खिचेर देखाइरहेको छ,’ ओलीले भने, ‘दिनमा ६ किलोमिटर बाटो पिच भइरहेको छ । सुशासनको काम, विकासको काम अघि बढाउँदा किन पिर परेको ?’

प्रधानमन्त्री ओलीले बिजुली, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने बताए । यसबाट जनतालाई पनि सहज हुने बताउँदै ओलीले भने, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम गरेका छौं ।’

तार भूमिगत गर्ने काम महाराजगञ्ज क्षेत्रबाट सुरु गरिए पनि यस्तो काम देशका अन्य प्रमुख शहरमा पनि गरिने प्रधानमन्त्री ओलीले बताए ।

उनले नेपाल दुई–तीन वर्षभित्रै बिजुली निर्यात गर्ने देश बन्ने पनि बताए । ‘बिगतमा एक सय वर्षमा ५ सय मेगावाटमात्रै बिजुली उत्पादन गर्‍यौं । अब हामी विद्युत निर्यात गर्ने देशको चरणमा पुग्दैछौं । अब दुई–तीन वर्षमा निर्यातक देश बन्छौं । बिजुलीको खपत पनि बढाउँदै लैजान्छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालबाट वौद्धिक पलायन रोक्ने बताउँदै विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?