Comments Add Comment

‘मारुनी’ शोका लागि साम्राज्ञी र पूनम लण्डन जाने

नेपालमा राम्रो समिक्षा पाएको चलचित्र ‘मारुनी’को यतिबेला विदेशमा शोहरु आयोजना भैरहेका छन् । अष्ट्रेलिया, जापान लगायतका देशमा चलचित्रले राम्रो प्रतिक्रिया पाइसकेको छ ।

अब, यो चलचित्रको शो बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको निर्मात्री पूनम गौतमले जानकारी दिएकी छिन् । यो चलचित्रको बेलायत शोका लागि निर्मात्री गौतम र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत पुग्नेछन् ।

२३ फ्रेवुअरीमा अल्डरसटस्थित एम्पायर हलमा यो चलचित्रको विशेष शो आयोजना हुन लागेको हो । एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले साम्राज्ञी र निर्मात्री गौतम लण्डन आउने निश्चित भएको बताए ।

खड्काका अनुसार चलचित्र हेर्नका लागि १० बर्ष भन्दा तलका बालबालिका र ६० बर्ष माथिका मानिसहरुलाई निःशुल्क व्यवस्था गरिएको पनि जानकारी दिए । चलचित्रको विशेष शोमा सहभागी हुने फ्रेवुअरी २१ मा साम्राज्ञी र पूनम लण्डन उड्नेछन् । निर्मात्री गौतमका अनुसार, लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको छ ।

यस्तै, यो चलचित्रको रेड कार्पेट शो पनि लण्डनमा आयोजना हुने पूनमले बताइन् । नवल नेपाल निर्देशित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्काको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment