+
+
Shares

अदालतबाट छुटे लगतै पक्राउ परे लोहनी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १४:१०

५ फागुन, चितवन । अभद्र व्यवहारसम्बन्धी मुद्धा चितवन अदालतले खारेज गरेसँगै छुटेका विप्लव समूहका पूर्वनेता गुणराज लोहनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गर्ने फैसला सुनाएको थियो ।

तर अदालत परिसरबाटै प्रहरीले लोहनीलाई पक्राउ गरी हेटौंडा पुर्‍याएको छ ।

पूर्वशिक्षक समेत रहेका लोहनी केही महिना अघिसम्म विप्लव समूहको केन्द्रीय सदस्य थिए । तर स्वास्थ्यमा समस्या आएपछि पार्टीबाट विदा लिएका थिए ।

तर प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरको मुद्दा चलाएको थियो । यसअघि कात्तिक ५ गते पक्राउ परेका लोहनी १३ दिन हिरासतमा बसेर जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?