
काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट टिमका कप्तान फाप डु प्लेसिसले कप्तानबाट राजीनामा दिएका छन् ।
प्लेसिसले टेष्ट र टी-२० टिमबाट तत्कालका लागि लागु हुनेगरी राजीनामा दिएको क्रिकेट साउथ अफ्रिकाले जनाएको छ । ३५ वर्षीय फाप डु प्लेसिसले इंग्लयाण्ड विरुद्धको टी-२० सिरिज गुमाए लगत्तै राजीनामा दिएका हुन् । तर डु प्लेसिसले इंग्लयाण्डविरुद्ध सिरिज भने खेलेका थिएनन् ।
उनले पछिल्लो एक वर्ष आफ्नो कप्तानी पदकको सबैभन्दा धेरै चुनौतीपूर्ण समय रहेको बताएका छन् । यस्तै प्लेसिसले साउथ अफ्रिका क्रिकेट नयाँ ‘एरा’ मा प्रवेश गरेको भन्दै नयाँ लिडर नयाँ अनुहार र नयाँ चुनौती रहेको बताउदै खेलाडीको रुपमा आफ सधैँ टिममा रहने बताएका छन् ।
सन् २०१७ मा ए बी डे भिलियर्सले कप्तानबाट राजीनामा दिएपछि फाप ड प्लेसिस दक्षिण अफ्रिकाको कप्तान बेनका थिए ।
पछिल्लो समय डु प्लेसिस पूर्ण फिट नहुँदा ओडीआई टिमको कप्तानी क्वेन्टन डि ककले सम्हालेका थिए । यस्तै टी२० सिरिजमा पनि डे कक नै कप्तान थिए । तीन खेलको ओडीआई सिरिज १-१ को बराबरीमा सकिँदा तीन खेलकै टी-२० सिरिजमा दक्षिण अफ्रिका इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो ।
प्रतिक्रिया 4