+
+
Shares

५ हजार घुससहित गाउँपालिकाका सवइन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १७:०२

५ फागुन, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सवइन्जिनियर बिष्णुकुमार राई ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा वडा नम्बर ७ हर्दिलाबाट उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?