Comments Add Comment

कोरोनाको जोखिम वृद्धवृद्धामा धेरै, मृत्युदर २.३ प्रतिशत

काठमाडौं । चीनले पहिलोपटक कोरोना भाइरसको संक्रमण सम्बन्धमा अहिलेसम्मकै ठूलो अध्ययनबाट प्राप्त विस्तृत विवरण सार्वजनिक गरेको छ । अध्ययनमा ४४ हजारभन्दा बढी संक्रमितको विश्लेषण गरिएको छ ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीसीडीसी) को तथ्यांकले कोरोना प्रभावितमध्ये ८० प्रतिशतभन्दा बढी सामान्य बिरामी छन् भने वृद्धवृद्धाहरु उच्च जोखिममा छन् ।

अध्ययनले स्वास्थ्यकर्मीहरु संक्रमणको उच्च जोखिममा रहेको पनि औंल्याएको छ ।

वुहान शहरको एक अस्पतालका निर्देशकको कोराना संक्रमणका कारण मंगलबार मृत्यु भयो । ५१ वर्षीय लिउ झिमिङ वुचाङ हस्पिटलका निर्देशक थिए, जुन भाइरसबाट सबैभन्दा बढी आक्रान्त शहरको केन्द्रमा छ । उनी कोरोनाबाट अहिलेसम्म मृत्यु हुने स्वास्थ्य अधिकारीमा उनी सबैभन्दा वरिष्ठ हुन् ।

वुहान शहर रहेको प्रान्त हुबेइ देशमै कोरोनाबाट सर्वाधिक प्रभावित छ । सीसीडीसीको प्रतिवेनअनुसार देशभर कोरोना प्रभावितको मृत्युदर ०.४ प्रतिशत रहेकोमा यो प्रदेशमा २.९ प्रतिशत छ । समग्रमा कोभिड-१९ भाइरसको मृत्युदर २.३ प्रतिशत देखिएको छ ।

मंगबार प्रकाशित विवरणअनुसार अहिलेसम्म कोरोनाबाट एक हजार ८ सय ६८ जनाको मृत्यु भएको छ भने ७२ हजार ४ सय ३६ जनामा संक्रमण फैलिएको छ । यसैगरी १२ भन्दा बढी बिरामीहरु कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

सीसीडीसीले मंगलबार जारी गरेको प्रतिवेदनले ११ फेब्रुअरीसम्म संक्रमण पुष्टि भएका ४४ हजार ६ सय ७२ जना बिरामीको विश्लेषण गरिएको छ । उनीहरुमध्ये ८०.९ प्रतिशतको संक्रमण सामान्य खालको छ । यस्तै १३.८ प्रतिशतको गम्भिर प्रकारको छ भने ४.७ प्रतिशत बिरामी चिन्ताजनक अवस्थामा छन् । ८० वर्षभन्दा बढी उमेरका मानिसहरुको मृत्युदर बढी देखिएको छ ।

यस्तै महिलाको तुलनामा पुरुषको मृत्यु दर बढी छ । संक्रमण भएका २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाले ज्यान गुमाएका छन् ।

मुटुरोगीहरुमा यो संक्रमण भए उच्च खतरा हुने प्रतिवेदनले औंल्याएको छ । यसैगरी, डाइबिटिज, श्वासप्रश्वाससम्वन्धी र डिप्रेसनका रोगीहरु पनि उच्च जोखिममा हुन्छन् ।

अहिलेसम्म ३ हजार १९ जना स्वास्थ्यकर्मीलाई यो संक्रमण भएको अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment