Comments Add Comment

अनेरास्ववियूको उपत्यकास्तरीय कार्यकर्ता भेला

६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौं उपत्यका स्तरीय कार्यकर्ता भेला गरेको छ ।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भएको भेलामा उपत्यकामा उपलब्ध केन्द्रीय कमिटी सदस्य, विभिन्न आयोगका सदस्यहरु, जिल्ला संयोजक र सहसंयोजक,  उपत्यकाका क्याम्पस कमिटीका संयोजक र सहसंयोजकलगायत सहभागी थिए ।

बैठकमा संगठनभित्रको अनुशासन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, संगठनको एकता प्रक्रियालगायतका विषयमा छलफल भएको केन्द्रीय सदस्य मदन विष्टले जानकारी दिए ।

बैठकमा चितवनमा नेकपाभित्रैका दुई गुटका विद्यार्थीबीच भएको झडपका विषयमा छलफल भएको थियो । बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment