 
																			६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका अगुवा नेता–कार्यकर्ताहरु मंगलबारदेखि सुर्खेतमा भेला भएका छन् ।
कर्णाली प्रदेशका नेताहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले मंगलबार दिनभरि प्रशिक्षण दिए ।
आन्तरिक प्रशिक्षण भएकाले कार्यक्रम स्थलमा पत्रकारलाई प्रवेश दिइएको थिएन ।
प्रशिक्षणमा प्रायः सबै नेताहरुले गत केन्द्रीय कमिटीको बैठकपछि पार्टी एक ढिक्का भएको र अब गतिशीलरुपमा अघि बढ्ने बताएका थिए ।
मंगलबारको एक दिने प्रशिक्षण कार्यक्रम सकिएको र बुधबार प्रदेश कमिटीको बैठक बस्ने नेकपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4