Comments Add Comment

सडकमा नाचगान गर्दैमा पर्यटक आउँदैनन् : डा. भट्टराई

७ फागनु, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सस्तो रमझमले भ्रमण वर्ष सफल नहुने बताएका छन् ।

बुधबार अर्थ समितिले बैठकमा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटट्टराईले अत्यावश्यक पुर्वाधार बनाउने हो भने पर्यटक स्वतः आकर्षित हुने बताए । ‘हामी हामी रमझम गरेर, सडकमा नाचेर पर्यटक आउँदैनन्’ उनले भने, पूर्वाधार बनाइदिउँ, आफैं आउँछन् ।’

पूर्वाधार बनाएर विदेशी सञ्चारमाध्यममा विज्ञापन गरे पर्याप्त पर्यटक आउने उनको भनाइ थियो ।

नेपालले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ र २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको छ । तर भ्रमण वर्षको सुरुमा नै चीनमा देखिएको कोरानो भाइसरले भ्रमण वर्षलाई समेत प्रभावित बनाएको छ । त्यसलाई लक्षित गर्दै पर्यटन मन्त्रालयले नेपाल कोरोना भाइरस मुक्त क्षेत्रका रुमा विदेशी सञ्चार माध्यमहरुमा प्रचार गर्ने निर्णय गरेको छ । भट्टराईले त्यसतर्फ संकेत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment