
७ फागुन, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाको नामै सुन्न नसक्ने, शालिकसमेत भत्काउने प्रवृत्ति नै गणतन्त्रकै लागि घातक हुने बताए ।
७०औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजाले गरेको यागदानको सम्मान गर्दा गणतन्त्र कमजोर नहुने टिप्पणी गरेका हुन् ।
जनतालाई परिवर्तनपछि विकासको अनुभूति दिलाउन नसके आन्दोलनपछि भएका परिवर्तन संस्थागत हुनै नसक्ने थापाको भनाइ छ ।
परिवर्तनको जनताले अहिले पनि महशुस गर्न नपाएको भन्दै अध्यक्ष थापाले भने, ‘देश विकास नभए यो परिवर्तन पनि धेरै दिन टिक्न सक्दैन ।’
६२/६३ को राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको उनले बताए । तर जुन ब्यवस्था आए पनि प्रजातन्त्रको विकल्प नभएको थापाको भनाइ छ ।
लोकतन्त्र, गणतन्त्र जे भने पनि त्यो प्रजातन्त्र नै भएको बताउँदै अध्यक्ष थापाले प्रजातन्त्रको विकल्प भनेको अझ राम्रो प्रजातन्त्र भएको बताए ।
प्रतिक्रिया 4