Comments Add Comment

बागमती प्रदेशमा बालिका बलात्कार उच्च

७ फागुन, हेटौंडा । बागमती प्रदेशमा बालिका बलात्कार उच्च रहेको एक तथ्यांकले जनाएको छ । मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र इन्सेकले बागमती प्रदेशका १३ जिल्लामा बलात्कृत हुनेमध्ये बालिका ६६ प्रतिशत रहेको जानकारी दिएको हो ।

इन्सेकले सार्वजनिक गरेको ३८६ वटा बलात्कारका घटना मध्ये २५३ जना बालिका र १३३ जना महिला पीडित रहेका छन् ।

सार्वजनिक तथ्याङक अनुसार सबै भन्दा बढी काठमाडौंमा ९७ जना बालिका र ६४ जना महिला, बालत्कृत भएका छन् । भक्तपुरमा २१ बालिका र ११ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, दोलखामा ९ बालिका र ३ महिला, सिन्धुलाल्चोकमा १७ बालिका र ६ महिला, घादिङमा ८ बालिका र एक महिला, नुवाकोटमा १० बालिका र ५ महिला, काभ्रेपलान्चोकमा ९ बालिका र ३ महिला बलात्कृत भएका छन् ।

त्यस्तै सिन्धुलीमा ९ बालिका र ५ महिला, मकवानपुरमा १८ बालिका र ९ महिला, चितवनमा २९ बालिका र १६ महिला, रामेछापमा २ बालिका र एक महिला बलात्कृत भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

रसुवामा बलात्कार प्रयास मात्रै भएको तथ्यांकमा छ । यहाँ २ बालिकामाथि बलात्कार प्रयास भइको इन्सेकको बागमती कार्यालयले जनाएको छ ।

इन्सेकले २०१९ वर्ष पुस्तक सार्वजनिक गर्दै बागमती प्रदेशमा कुल एक हजार ४९४ बटा मानव अधिकार उल्लंघनका घटना भएको जनाएको छ । त्यसमध्ये राज्यपक्षबाट १४ जना महिलासहित २१७ वटा र अन्यपक्षबाट एक हजार १७० महिलासहित एक हजार २७७ मानव अधिकार उल्लघंन र ज्यादतीका घटना भएको इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले बताए ।

इन्सेकको तथयांकअनुसार सन् २०१८ मा ८१९ वटा घटना मात्रै भएका थिए । तर, बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार २०१९ मा भने हृवातै घटना बढेको देखिएको छ ।

इन्सेकका अनुसार गिरफ्तारका घटनामा १०६८, भेला सङगठित हुने १२, जातीय विभेदमा २१, महिला अधिकार उल्लंघनमा ७४७, यातनामा ७ र बालअधिकार उल्लङ्घनमा ३७६ जना पीडित भएको तथ्याङक सार्वजनिक गरेको छ ।
घटना सार्वजनिक गर्दै इन्सेकले बागमती प्रदेशको सबैभन्दा बढी अधिकार उल्लंघनका घटना काठमाडौंमा भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment