+
+
Shares

‘डीयर कमरेड’का हिरोसँग अनन्याको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते ११:३९

बलिउड नायिका अनन्या पाण्डेले यो बर्ष मात्र ‘फिल्मफेयर अवार्ड’ जितिन् । उनले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट नव–नायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।

अनन्याको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ । एकपछि अर्को चलचित्रमा उनलाई ठूला कम्पनीले अनुवन्धित गरिरहेका छन् । यसैविच, उनी अब साउथका सुपरस्टार विजय देभेराकोन्डाको जोडी बनेर देखिने पक्का भएको छ ।

अहिलेसम्म नाम फाइनल नगरिएको यो चलचित्रलाई हिन्दी र अन्य विभिन्न भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । यो चलचित्रमा बलिउड निर्माता करण जोहरको पनि लगानी रहनेछ ।

बलिउडमा करणलाई परिवारवादको आरोप लाग्ने गरेको छ । उनी, एकपछि अर्का बलिउड कलाकारको सन्तानलाई बलिउडमा प्रमोट गरिरहेका छन् । अहिले उनले बलिउडमा अनन्यालाई स्थापित गर्ने लय लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?