Comments Add Comment

राती ग्रीन टि पिउनुहुन्छ ?

ग्रीन टी स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ । यसले ब्याड कोलेस्ट्रोललाई घटाउँछ र हृदयघातदेखि स्ट्रोकसम्मका विभिन्न रोगहरुको जोखिम कम गर्छ भन्ने कुरा हार्वडे मेडिकल कलेजको एउटा सर्वेक्षणमा प्रमाणित भएको छ । तर राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुन्छ कि हुँदैन भन्ने बारेमा धेरै मानिसहरुको जिज्ञासा रहेको छ ।

प्रायः मानिसहरुलाई ओछ्यानमा नै चिया पिउने बानी हुन्छ । त्यस्ता मानिसहरु बिहान उठ्नासाथ र सुत्ने समयमा चियाको माग गर्छन् । त्यसैले आज हामी तपाईंहरुलाई राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुन्छ कि हुँदैन भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

तपाईंले बिर्सेर पनि राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । यदि तपाईं आफ्नो निद्रा बिगार्न चाहनु हुन्न भने कहिले पनि राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । यदि तपाईंको पनि त्यस्तो बानी छ भने त्यसलाई तुरुन्त परिर्वतन गर्नु पर्छ । ९५ मिलीग्राम ग्रीन टीमा एक कप कफीभन्दा तीन गुना धेरै क्याफीन हुन्छ । यदि तपाईं राती सुत्नु अगाडि ग्रीन टी पीउनु भयो भने तपाईंको निद्रा भाग्छ ।

राती सुत्नु अगाडि ग्रीन टी पिउनाले तपाईंको शरीरमा क्याफीनको प्रवेश हुन्छ र तपाईंको निद्रा भाग्छ भन्ने कुरा न्यूटिशनिस्टहरुको पनि मान्यता रहेको छ । यो एउटा नराम्रो बानी हो ।  सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । दिनमा दुई पटक भन्दा बढि ग्रीन टी पिउनु हुँदैन किनभने कुनै पनि कुरा सही मात्रामा लिनु आवश्यक हुन्छ । त्यसैले दिनभरीमा दुई कप ग्रीन टी तपाईंको स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

यदि तपाईंको किड्नीमा पत्थरी भएको छ भने बिर्सिएर पनि दिनमा दुई पटक भन्दा बढि ग्रीन टी पिउनु हुँदैन । ग्रीन टीले क्यान्सर, मुटु सम्बन्धि रोगहरुदेखि अन्य विभिन्न रोगहरुको जोखिम कम गर्छ । ग्रीन टीमा पलिफेनल्स हुन्छ, जसले क्यान्सरको जोखिमलाई कम गर्छ र वजन घटाउन पनि सहयोग पुर्‍याउँछ, किनभने यसमा मेटाबोलिज्मलाई बढाउने गुण हुन्छ ।

ग्रीन टी अल्जाइमरदेखि डिमेन्सियासम्मको रोगहरुमा फाइदाजनक हुन्छ । ग्रीन टीमा त्यस्तो तत्व पनि हुन्छ, जसले डिप्रेसन कम हुन्छ । ग्रीन टीमा समावेश एन्टि-अक्सिडेन्टले तपाईंको शरीरलाई राहत प्रदान गर्छ र तनावलाई घटाउँछ । ग्रीन टीमा अमिनो एसिड ए-थिएनाइन हुन्छ, जसले तपाईंको डोपामाइनलाई बूस्ट गर्छ र तपाईंको मुड पनि ठिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment