+
+
Shares

मेरा कारणले संसद नघेरियोस्, आन्दोलन नहोस् : गोकुल बास्कोटा

‘प्रश्न उठेपछि अप्ठ्यारो मान्नुहुँदैन, ढ्याक्क राजीनामा दिने हो’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते २१:४२

८ फागुन, काठमाडौं । कमिसनसम्बन्धी लेनदेनको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले लोकतन्त्रमा कुनै पनि व्यक्तिका कारण आन्दोलन गर्नुपर्ने र संसद घेर्नुपर्ने अवस्था आउन नहुने बताएका छन् ।

आफ्नो कारणले संसद नघेरियोस् र आन्दोलन नहोस् भनेर आफूले राजीनामा दिएको बास्कोटाले प्रतिक्रिया दिएका छन् ।

बिहीबार अपरान्ह बालुवाटार पुगेर राजीनामा बुझाइसकेपछि बास्कोटाले अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै भने, ‘प्रश्न उठेपछि राजीनामा गर्नुपर्छ भन्ने मेरो एकदम प्रष्ट छ । नैतिकता छ र भोलि कसैले छानविन गर्छु भन्यो भने कसैलाई छानविनका निम्ति आन्दोलन गर्न लगाउन हुँदैन । डेमोक्रेसीमा कानुनी राज भनिसकेपछि संसद घेर्न लाउन हुँदैन नि त ।

बास्कोटाले अगाडि भने, ‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो ।’

उनले थपे, ‘म दिउँसो १ बजेसम्म कञ्चनपुरको कार्यक्रममै थिएँ । त्यहाँ पनि बोलेर आएको छु, जसका बारेमा प्रश्न उठ्छ, उही जवाफदेही हुन्छ भन्या छु । मलाई जे आरोप लगाइयो, त्यसबारेमा स्वीस एम्बेसीले पनि वक्तव्य जारी गरिसकेको छ । त्यो वक्तव्य मैले जारी गर्न लगाएको हैन, उसैले गरेको हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?