Comments Add Comment

नयाँ कार्यकक्षमा सर्न पाएनन् बास्कोटा

सञ्चारमन्त्रीको निर्देशनमा नयाँ बनिरहेको कार्यकक्ष ।

८ फागुन, काठमाडौं । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको तेस्रो तलामा छ, मन्त्रीको कार्यकक्ष । बिहीबार राजीनामा दिएका सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले त्यसकै दायाँ पट्टी नयाँ कार्यकक्ष बनाउन लगाएका थिए ।

हाल कार्यकक्ष रहेकै तलाको अर्को छेउपट्टी नयाँ कार्यकक्ष निर्माण भइरहेको छ । बिहीबार दिउँसो पनि धमाधम काम भइरहेको थियो ।  तयार भने भइसकेको छैन । सञ्चार मन्त्रालयका अनुसार आगामी हप्तासम्ममा मन्त्री बास्कोटा नयाँ कार्यकक्षमा सर्ने तयारी थियो ।

तर, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको हिसाब गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले बिहीबार दिउँसो राजीनामा दिए । राजीनामा दिएपछि उनी आफैँले बनाउन लगाएको नयाँ कार्यकक्षमा सर्न पाएनन् । हालकै कार्यकक्षको ‘नेम प्लेट’ पनि मेटियो ।

दिउँसो प्रतिनिधिसभा बैठकमा सभामुख अग्गिप्रसाद सापकोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनमा दिएको जानकारी गराए । लगत्तै मन्त्रीका सञ्चारविज्ञ प्रदीप भट्टराई र सुनिल मैनाली ‘नेम प्लेट’ निकालेर बाहिरिए ।

बनिरहेको नयाँ कार्यकक्ष ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment