+
+
Shares

काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघको प्रदर्शन, प्रहरीसँग झडप

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १९:४९
योगेन्द्र रावलको फेसबुकबाट।

८ फागुन, काठमाडौं । कमिसनसम्बन्धी लेनदेन प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा नेविसंघका अध्यक्ष राजीव ढुंगानासहित १० जना घाइते भएको नेविसंघले जनाएको छ ।

बास्टकोटालाई अनुसन्धानको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि दबाव दिन गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको ढुंगानाले अनलाइनखबरलाई बताए । घाइतेहरुको काठमाडौंस्थित मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघले जनाएको छ

नेविसंघको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै कांग्रेसले यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?