Comments Add Comment

एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदन तयार, आजै अध्यक्षद्वयलाई बुझाइने

९ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले प्रतिवेदन बुझाउने भएको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउने निर्णय गरेको हो । प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार ५ बजे बुझाउने तय भएको छ ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए ।

‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात प्रतिवेदनको मस्यौदा तयार भएको छ’ रावलले भनेका छन्, ‘तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ । त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला ।’

प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न नमिल्ने कार्यदलले बताएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य रावल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment