
९ फागुन, काठमाडौं । शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेना दिवसको अवसरमा विशेष कार्यक्रम थियो । सेनाले विभिन्न खेल कौशल र नाचगान देखाएकाले टुँडिखेलको फलामे बार बाहिरबाट हेर्नेको ठूलो घुँइचो थियो ।
दिउँसो एक समय सेनाको कार्यक्रम हेर्न सीमित संख्यामा सर्वसाधारणलाई टुँडिखेल प्रवेश गर्न दिइएको थियो । त्यसैले ठूलो संख्यामा मानिसहरु भित्र जान पाइने प्रतीक्षामा गेट छेउमै उभिएका थिए । तर प्रहरीले गेट बन्द गरेको थियो ।
त्यसै समयमा सेनाको गाडी टुँडिखेलभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले एक्कासी गेट खोल्दा सर्वसाधारण टुँडिखेलभित्र हुत्तिए । त्यस क्रममा लडेर र चेपिएर केही मानिस घाइते पनि भएका छन्
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4