+
+

बाजुरामा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १० गते १२:०५

१० फागुन, मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–९ मा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बम निष्कृय पार्दा भएको बिष्फोटले एक जनाको घर चर्किएको छ ।

शुक्रबार राति रेडियो बाजुरा नजिक कालो झोलामा बम भेटिएको थियो । सो बम शनिबार बिहान समरजित गुल्मका सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले जानकारी दिए । प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा स्थानीय धर्म रोकायाको घरसमेत चर्केको भट्टराईले जानकारी दिए ।

उनका अनुसार बम रकसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीयबासी त्रसित बनेका हुँदा खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?