+

चेल्सीले टोटनहमलाई हरायो

२०७६ फागुन  ११ गते ५:५२ २०७६ फागुन ११ गते ५:५२
चेल्सीले टोटनहमलाई हरायो

११ फागुन, काठमाडौं । प्रिमियर लिगअन्तर्गत लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले एक-एक गोल गरे । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए ।

खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । निर्धारित समयको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरे ।

जितपछि २७ खेलबाट ४४ अंक जोडेको चेल्सीले शीर्ष चारको सम्भावनालाई बढाउदै गएको छ । चौथो स्थानमा रहेको चेल्सीले पाँचौ स्थानमा रहेको टोटनहममाथि ४ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट ४० अंक रहेको टोटनहम पाँचौं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय