Comments Add Comment

‘सेन्टी भाइरस’को २ दिने कमाई आक्रामक

लामो समयपछि हलमा दर्शक देखिएका छन् । चलचित्र ‘छ माया छपक्कै’पछि हलमा दर्शकको क्रेज शुक्रबार र शनिबार देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले बक्स अफिसमा २ दिनमा आक्रामक कमाई गरेको छ ।

निर्माणपक्षले नै उपलब्ध गराएको रिपोर्ट अनुसार चलचित्रले २ दिनमा २ करोड माथिको व्यापार गरेको छ । यो व्यापार आक्रामक हो । तर, आजबाट हुने व्यापारले चलचित्रको लाइफ टाइम कलेक्शन आँकलन गर्न सकिन्छ ।

निर्माणपक्षका अनुसार, शुक्रबार १.१२ करोड कमाई गरेको चलचित्रले शनिबार १.३५ करोडको कमाई गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।

चलचित्र ‘सेन्टी भाइरस’को प्रचार तरिका, सिताराम र कुञ्जनामाथि दर्शकको विश्वास, निर्देशक गुरुङमाथिको भरोसा चलचित्रको आक्रामक व्यापारको मुख्यकारण थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment