Comments Add Comment

बैंक र बीमाले उचाल्यो सेयर बजार, डेढ घण्टामै ४३ अंकको वृद्धि

११ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उचालिएको छ ।

आइतबार कारोबार खुले लगत्तै हरियाली छाएको बबजार अप्रत्यासित तरिकाले उकालो लागेको छ ।

कारोबार खुलेको डेढ घण्टासम्ममा नै नेप्से परिसूचक ४३ अंकले बढेको छ ।

सबैभन्दा धेरै बैंक र बीमाका उपसमूहहरु बढेका छन् । डेढ घण्टाको अवधिमा बैंकिङ ४३ दशमलव ५४ प्रतिशतले उकालो लागेको छ ।

सबै उपसमूहहरु हरियाली देखिदा जीवन बीमा २२५ं४९ अंकले उकालो लागेको छ । त्यस्तै निर्जिवन बीमा समूह पनि करिब २ अंकले उकालो लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment